दफा ३९
कडा रोग लागी अशक्त भएका कैदीलाई छोड्न सक्ने
मुटु रोग, मिगौंला रोग, क्यान्सर, पार्किङसन, / अल्जाइमर, हेड इन्जुरी, स्पाइनल इन्जुरी वा सिकलसेल एनिमिया रोग लागी गम्भीर अवस्थामा रहेको, आफ्नो स्याहार आफैँ गर्न नसक्ने तथा निको हुन नसक्ने भनी मेडिकल बोर्डले सिफारिस गरेका वा दुवै आँखा नदेख्ने वा दुवै खुट्टा नचल्ने .वा अङ्गभङ्ग भई ओछ्यान परी निको नहुने अवस्थामा पुगेको भनी सरकारी चिकित्सकले सिफारिस गरेका कैदीको हकमा विभागको स्वीकृति लिई कारागार प्रशासकले बाँकी कैद कट्टा हुने गरी परिवारका सदस्यको जिम्मामा छोड्न सक्नेछ।